Showing posts with label बिचार. Show all posts
Showing posts with label बिचार. Show all posts

Wednesday, May 25, 2016

जिन्दगि को यात्रा सँगै यो जिन्दगिले कहिले कोल्टो फेरेछ थाहै भएन ।एक्कासि 21 औँ बसन्तको पारीमा रुमलिदै यो जिन्दगिको यथार्थताको बारेमा जिन्दगिको अर्थ खोज्दै एक अन्जान बाटोको यात्री बन्दै,सपनाको धरहरालाई अग्लाउदै,प्यारा बुबाआमा को आशिर्बादलाई पछ्याउदै जिन्दगिको यात्रा पुरा गर्न यो एकल यात्री दैडिसहेको छ,केबल दैडिरहेको छ।सोच्छु,जिन्दगि अपरमपार छ। यो जिन्दगिको लिला साच्चै एक जन्जालले घेरिएको,यसको बारेमा सायद कमै ब्यक्तित्बलाई थाहा होला हुनत सबै मानिस यसको खोजिमा भौतारिरहेका हुन्छन तर यसको चरमचुलिमा पुग्न कठिन छ कठिनताको कारण मानिस यात्रा बिचैमा तोड्न पुग्छ। यहि कठिनतालाई चिन्नु छ। यसको सार्थकताको गुद चुम्नु छ , तर कसरी ? यो प्रश्न चिन्ह हाम्रो यात्रालाई रोकिदिन्छ तर साथिहरु जिन्दगिको यात्रा सँगै हामी मानब भएर पृथ्विमा जन्म लिइसकेपछि हाम्रो कर्तब्य हुन्छ उ पुरा गर्नु छ जो यस यात्रामा तपाइ एक्लै हुनुहुन्छ,यात्रा तपाईकै,निर्णय तपाईकै,सबै तपाईकै मात्र साथ बुबाआमा को ।।। जिन्दगिमा और धेरै गर्नुछ,नाम रोसन गर्नुछ,हरेशलाइ पछडि छोड्नुस,मोहलाइ त्याग्नुस,प्यारलाई साथदिनुस,यात्रा तपाई हामिकै हो सफल हुनुपर्छ,बिचैमा नतोड्नुहोस, 

"यात्रा हुन्छ अलग अलग,
गन्तब्य एकै भएपनि ।
तोड्नुपर्छ मनको मोह, 
जिन्दगिले साथ छोडेपनि, 

जिन्दगिको यात्रा सँगै,
केवल सपना सपनै छ।
हरेस नखानु हजुर,
केहि गरेर देखाउनु छ।।"

""(ल साथिहो तपाईहरु नै भन्नुस यो गर्दानि नहुने उ गर्दानि नहुने आखिर गर्ने के ? )यो दुनिया मा"

एकदिन को कुरा हो महादेव र पार्वति कुनै कारण बश यात्रामा जादै थिए,गाउँको बाटो हुदै, 
सुरुमा एक गाउँको बाटो जादै थिए गोरुमाथि चढेर,,पार्बति साथमा हिड्दै थिइन,,अचानक एक गाउले ले उनि हरु जादै गरेको 
देख्यो,,अनि अरुसगँ भन्यो ल हेर आफु मस्त गोरुमाथि चढेर पतनि लाइ हिडाउदै छ,,,यो बात महादेबको कान मा पर्यो, 
अनि महादेवले पार्वतिलाइ पनि साथमै गोरुमाथी चढाएर,,हिडे,,जादाँ जादाँ दुसरा गाउँ आयो,,त्यो गाउँको बाटो हुदै जादै थिए,फेरि 
एक गाउँवालाले :-राम राम राम कस्तो निर्दयि मान्छे,,बिचरा पशु दुइ दुइ जनाको भार कसरि खप्यो होला,,कस्ता दयामाया 
नभका मान्छे हुदाँ रैछन,,भन्दै गरेको महादेबले सुने,तत्काल गोरु बाट तल झरेर,गोरु अगाडि लगाएर महादेब पार्बति पैदल 
हिडे,,हिड्दै थिए,फेरि अर्को गाउँ आयो तेस्रा त्यो गाउँ हुदै जादै थिए बाटामा फेरि त्यहाँका गाउबाला को कुरा सुने:- ल हेर 
यो साँडेलाई अगाडि लगाएर के गरेको होला,चडेर जान छोडेर किन पालेको होला फक्कैमा साडेलाई भन्ने सुने,,लास्टमा 
महादेब सोचमा परे,यो कस्तो दुनिया हो यो गरेपनि नहुने उ गरे पनि नहुने आखिर गर्ने के त?(ल साथिहो तपाईहरु नै 
भन्नुस यो गर्दानि नहुने उ गर्दानि नहुने आखिर गर्ने के ? )
   कोहि दिन सोच्ने गर्थे परदेश भन्नि कस्तो होला,के त्यहाँ जान पाए साच्चिकै लाइफ बन्छर ? के त्यहाँ पैसा फल्नि बोट हुन्छर ? यस्तै सोचाइले मन सधै भारि हुन्थियो । म पनि राम्रो मान्छे बन्थे होला त्यहाँ गयता। गाउँ परिबार को हाइ हाइ बनिन्थ्यो होला,गाउँले दाजु भाइ परदेशबाट आउदाँको छाँटकाँट,, फु गरेपनि ठल्नि जस्ता मान्छे,हेर्दा नचिनिनि भएर आउदाँ,अनि सोच्थे एक पटक मात्रै जान पाए भन्नि सोचाइ लिएर एक सुनौलो सपना बोकि यो जिबनको अनौठो  यात्रा गर्न पनि बेर लागेनछ।
यो जिबनले पनि कहिले कोल्टो फेरेछ खै थाहै भएन,गरिबि जिबनलाइ उकास्ने सुरमा अचानक परदेशि जिबन जिउँदा पो थाहा पाए। संसार को लिला के हो भन्नि,बास्तबिकताको दुनिया कस्तो रैछ भन्नि । हो सपनाको परदेश र बिपनाको परदेश एकदम भिन्न लाग्यो मलाइ जो मैले सोच्ने गर्थे, अनि राम्रा राम्रा सपना बुन्ने गर्थे उ बेला । बुढा हजुरबुबाआमा हरु भन्नु हुन्थो" कित परेकाले जान्दछन कित पढेकाले"" साच्चैनै यो शब्दले मेरो मनको एक छेउ लिएको छ अनि यस्तै यस्तै कुरा मनभरि खेलाउदै जिबन जिउन बाध्य भैरहेको छु यो टन्टालापुरे घाम को अनि यो मरुभुमिको तातो हावामा ।।
बिपनाको परदेशको कुरा गर्नु पर्दा मत यो दुनियालाइ बेग्लै ठान्दछु,यहाँ त बाउ खाँदो रैछ पेट भरि छोरो हेर्छ भोकले बाउले खाँको टुलुटुलु, अनि छोरो खादाँ बाउले हेर्नुपर्ने टुलुटुलु ,कति अजिव जस्तो छ यहाको दुनिया ।
कोहि कसैको कुरो सुन्ने फुर्सदनै हुदैन।सबै आफ्नो आफ्नो धुनमा,,छोरो मरेको पनि थाहा छैन बाउ बिमार भको पनि थाह छैन ,एकसुरे जस्तो जिवन रैछ, मलाइ त कता कता लाग्छ,जस्तो सुकै दु:ख कष्ट भएपनि आफ्नै गाँऊ ठाँउनै ठिक। जे भएपनि आफ्नै गाँउमा माया र ममता प्रशस्त छ जस्तो लाग्छ ।।

गाँउ घरकाले सोच्दा होलान,ल फलानाको छोरो कमाउनि भो,के सम्झिन्थ्यो । पैसा को पछाडि लागेपछि के आफ्ना के पराइ सबै तोड्दा रैछन भन्दा होलान। आफु नमरि स्बर्ग देखिदैन भन्छन ति घरमै बसेका बुबाआमा हरुलाइ के थाहा,परदेशको हालत,यहाको परिपाटि ।। हो उनि हरुको सोचाइ पनि म गलत सोच्दिन ठिक  हो ,तर गाउँ परिबार आफ्नाको सम्झना त किन हुदैनर सम्झना मनमै खुम्चाएर राखनु पर्दो रैछ यहाँ,माया ममतालाइ भूल्नु पर्दो रैछ यहाँ काम नगरि सुखै नहुनि ,भो आज स्वास्थ्यलाइ ठिक छैन भोलि गरमला काम भन्न नपाइनि, जति दु:ख भएपनि मरिमेट्नै पर्नि उफ यो कस्तो दुनिया हो ?
बिरामि पर्दा तातो पानि पनि तताएर दिनि मान्छे नहुदाँ मन त यति त रुदैन, सकि नसकि आफुले नै गर्न पर्ने ।
आफुले नबाले चुलो बल्दैन । ला आज तलाइ सन्चो छैन म बनाइ दिन्छु खाना त सुत भन्नि मान्छे त कहाँ हो कहाँ ओइ कस्तो छ भनेर बोलाउने मान्छे समेत हुदैनन् । अनि यहि देशका मान्छेको परदेशिहरुलाइ हेर्नि नजर पनि अलग हुदो रैछ , को हो को हो जस्तो गर्नि,जति लडारिएर मडारिएर बसेपनि यहाँका मान्छे सँग परदेशि परदेशि नै हुदो रैछ, आखिर एक्लो ।
दुइ पैसा कमाइ केहि गरौला भन्नि सोच पनि परदेश को हाबाले त्यतिकै उडाइदिदो रैछ। बुढेसकालको साहरा होलान छोराछोरि भन्दा बाउआमा सँगै चाहरा माग्नि अबस्थामा भको म परदेशि लाइ देख्दछु।
हरपल गाँउ परिबार को यादले मन छटपटाइरहदा कति खेर जाम जस्तो हुनि यो मन,,सधै सधै यो उडेर गाउकै सपना मा बिलिन हुन्छ।। बाआमा कस्तो हुनुहुन्छ होला? काका काकि को के खबर छ होला ? पल्लाघरे दाइभाइ,उपल्लो घरकि हजुरआमा ,,बहिनिहरु,,कस्ता होलान के गर्दै होला ? फलानो के गर्दै होला फलानि के गर्दै होलि ? गाँउमा नयाछ के हुदै छ होला ? यस्तै यस्तै कुराहरु यँहाका दिन काट्ने साथिहरु हुदा रैछन। मन किन हो किन एकोहोरिरहन्छ । जे भएपनि काम त गर्नै पर्ने । काम नगरि खान कहाँ पाइन्छर ।जे पर्दा पनि लदिन पर्छ यहाँ।। उफ कहिले काहि त मनमा गाँठो परेर आउछ यहाको चलन देख्दा,, धेरै चोटि रोएको पनि थिए बाबुआमाको यादमा तर रोएको पनि सुनिदिने कस्ले आँखाको आँशु आँखैमा सुकाउनु पर्ने। आमा भनेर बोलाउन मन लाग्दा बोलाउन पाइएन ।यहाँ।
जस्तै भएपनि परिबारको काखमा रामाउन कसलाइ मन छैनर,यो दुनिया स्बार्थि भनौ कि के भनौ, जे गरे पनि राम्रो हुदैनहुने।बाध्यता त मजबुरिले गर्दा बिरानो मुलुकतिर पाइला नचालि नहुने, उहि पैसा को कारण सबैथोक त्यागि पराइ घर सिघार्न पर्ने,किन हो किन यो दुनियाले पैसालाइ नै ठुलो देखेको होला सोच्छु तर के गर्ने जता जाउ त्यहि उइ पैसा यो बिना त केहि गर्छु भन्दा पनि नसकिने कस्तो जमना होला यो सोच्दा सोच्दै मान्छेलाइ पागल बनाइदिन्छ ।

मलाइ त यस्तो लाग्दै छ, जस्तो सुकै होस जति दु:ख गर्न परेपनि आफनै गाउलाइ सिघार्नि मन छ तर मन भएर के गर्नि धनलाइ अगाडि नलगिन्जेल सम्म केहि नहुनि उफ ,एक मन त भो मत जान्छु परदेश भन्नि यस्तै रैछ भन्नि सोच्छु फेरि एकछिन पछि मन बदलिन्छ भो जानु हुदैन, घर गएर पनि  केहि गर्न सकिएन भने मेरो एक्लो जिबन त जहा गएर भए पनि पालुला तर घर परिबार पनि हेर्न पर्यो नि भन्नि सोचाइले खिचेर फेरि यहिको दुनियामा रमाउने कोसिस गर्ने सोच्छु तर मनले मान्दैन ।
मत सबै मेरा साथिभाइलाइ यो भन्न चाहन्छुकि ढिडो रोटो जस्तो भएपनि घरकै खाउ,दु:ख जति परेपनि परिबार सँगै बाड्दै जिउ तर परदेश जानि दुइ पैसा कमाउनि सोचाइ लाइ बदलौ मान्छेको जातलाइ जति भएपनि थोरैनै हुन्छ त्यसैले संतोष ,धैर्य लाइ कहिल्यै नतोडम भन्छु म त ।बरु भगवान सँग प्रार्थाना गरौ कि भगबान अहिले जस्तो जिइ रहेको छू उस्तै सँधै भइरहोस यहाँ भन्दा तलनि जान नपरोस र यहाँ भन्दानि माथि पनि नलगिदेउ भनौ यो लोभको घैटोमा जति पानि हालेपनि भरिदैन ।
बरु आफ्नै गाँउमै केहि गरेर देखाउनि सोचाइ बनाम तर पैसाको आशमा परदेशलाइ नरोजम ।।बस साथि ।बस
यहि हो यो म मात्रै होइन सबै परदेशिको बेथा ,परदेशिको बेथा ।

बिचार

नयाँ अनुभब